News

“युवा र दिगो विकास लक्ष्य” विषयक दुई दिवसीय राष्ट्रिय सम्मेलनमा सहभागीतका लागि आव्हान

राष्ट्रिय युवा गैह्र सरकारी संस्था महासंघ नेपाल युवा अधिकार स्थापना अभियानमा सक्रिय राष्ट्रियस्तरको महासंघ हो । सबै नेपाली युवाको आवाज बन्ने ध्येय बोकेको यस संस्थाले अक्टोबर ३० र ३१ तारिख २०१७ (तदनुसार १३ र १४ कार्तिक, २०७४) मा “युवा र दिगो विकास लक्ष्य” विषयक दुई दिवसीय राष्ट्रिय सम्मेलनको आयोजना नेपाल पर्यटन बोर्ड प्रदर्शनी मार्ग काठमाडौंमा गर्दै छ । ईच्छुक युवाहरुले महासंघको वेवसाईट www.nfyn.org बाट सहभागीताको निवेदन तथा कार्यक्रम कार्यतालिका डाउनलोड गरि ८ कार्तिक २०७४ सम्ममा ईमेल ठेगाना info@nfyn.org मा पठाउन सक्नुहुनेछ । काठमाडौं जिल्लाभन्दा वाहिरबाट सम्मेलनमा सहभागीता राख्नु ईच्छुक ३० जिल्लाका एक जनाको दरले ३० जना सहभागीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिने छ । सम्मेलनमा महिला, दलित, जनजाति, अपाङ्गता, लैंगिक/यौनिक अल्पसंख्यक, कर्णाली, प्राकृतिक प्रकोपबाट विस्थापित लगायत सम्पूर्ण पछाडि पारिएका क्षेत्र तथा वर्गका युवाहरुलाई प्राथमिकता दिईने छ ।

Click To Download Participants Form